खेलको माध्यमद्धारा देशभक्तिको भावना मजबुत गरौं -रावल

खेलको माध्यमद्धारा देशभक्तिको भावना मजबुत गरौं -रावल

  • प्रदेश स्तरीय गोजुरियो प्रतियोगिता साफेबगरमा सुरु

५ कार्तिक (अछाम)
मंगलबारदेखि अछामको साँफेबगरमा सुरु भएको प्रदेश स्तरीय गोजुरियो कराते प्रतियोगिताको उद्घाटन गर्दै मन्तब्यका क्रममा पूर्व उपप्रधानमन्त्री तथा नेकपाका सुदूरपश्चिम इन्चार्ज भीमर रावलले खेलकुदका माध्यमद्धारा देशभक्तिको भावना फैलाएर अझ मजवुत बनाउन आग्रह गरेका छन् । उनले खेलकुदका नियमहरु, विधि प्रकृया र अनुशासनले समाजलाई अनुशासित र कर्तब्यनिष्ट बनाउन अभिप्रेरित गर्ने गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले खेलकुद क्षेत्र र खेलाडीबाट राजनीतिमा लागेकाहरुले धेरै कुरा सिक्नुपर्ने बताए । उनले खेल क्षेत्रको बिकासका लागि आफू सदैव सकारात्मक रहेको बताउँदै खेलकुदको संरचनात्मक सुधारका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो पटक अछाममा करातेका खेलाडी, प्राविधिक तथा अफिसियलसहित निकै भव्य कार्यक्रम आयोजना गरेकोमा नेता रावलले आयोजकको खुलेर प्रशंसा गरेका थिए ।
उदघाटन समारोहमा बिशिस्ट अतिथि रहेका रास्ट्रियसभा सदस्य तथा नेकपाका नेता शेरबहादुर कुँवरले अछाम जिल्लामा भइ रहेको बिकासको गतिको प्रशंसा गर्दै यो प्रतियोगितालाई पनि यसको उदाहरणका रुपमा व्याख्या गरे । उहाँले मार्सलआर्टका खेलहरु खेलाउन सभाहलको आवश्यकता औल्याउँदै त्यसतर्फ पनि ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै रास्ट्रिय गोजुरियो कराते दो सघका केन्द्रिय महासचिव एवं एसियन कराते महासघका अन्तरास्ट्रिय रेफ्री प्रकाशकुमार चन्दले मार्सलआर्टका खेलहरुले रास्ट्रलाई अन्तर्रा्ष्ट्रिय स्तरमा चिनाउनुका साथै पदक दिलाउने गरेको स्मरण गराउदै आवश्यक लगानी हुन नसकेकोतर्फ राज्यको ध्यानाकर्षण गराए । उहाँले प्रादेशिक संरचनामा देश गएसंगै खेलकुद क्षेत्रमा पनि उल्लेख्य बिकास हुनेगरि नया नेतृत्व चयन गर्नुपर्ने बतमए ।
यस्तै आयोजक रास्ट्रिय गोजुरियो कराते दो सघ अछाम शाखाले अन्तर्रा्ष्ट्रिय स्तरमा सघकोतर्फबाट उत्कृष्ट योगदान पुर्याउने खेलाडी तथा पदाधिकारीहरु लाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडी तथा प्रशिक्षकहरु लाई कार्यक्रमका प्रमुख अतिथि रावलले सम्मान गरेका थिए । सम्मानित हुनेमा एसियन कराते महासघका अन्तर्रा्ष्ट्रिय रेफ्री एवम सघका केन्द्रिय महासचिव प्रकाश कुमार चन्द, सघका केन्द्रिय सदस्य तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षक कुबेर खड्का, खेलाडी कमल ओलि र अरुणा ओलि रहेका छन ।
रास्ट्रिय गोजुरियो कराते दो सघ अछामका अध्यक्ष प्रकाश शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अछामका स्थानीय तहका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, गैरसरकारी सघसस्थाका प्रतिनिधि, प्रवासी नेपाली समाजका पदाधिकारी, रास्ट्रवादी बिकासिल अभियानका अन्तरााष्ट्रिय बिभाग प्रमुख नरेन्द्र ओली लगायतको सहभागीता रहेको थियो ।
२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सबै जिल्लाकागरि करिब ३ सय खेलाडीको सहभागी रहेका रास्ट्रिय गोजुरियो कराते दो सघका केन्द्रिय सदस्य तथा प्रशिक्षक बिएस ओडले बताए ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares