स्वास्थ्यको वार्षिक समिक्षा सञ्चालन

स्वास्थ्यको वार्षिक समिक्षा सञ्चालन

५ कार्तिक (धनगढी
धनगढीमा स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सञ्चालन भइरहेको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य कार्यालयहरुबाट सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजनाबोर छलफल भइरहेको हो ।
स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु भएको गोष्ठीको सोमबार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले उद्घाटन गरेका हुन् । पोखरेलले अब प्रदेशहरू स्वास्थ्य सेवाको हकमा आफै अधिकतम जिम्मेवार बन्न आवश्यक रहेको बताए ।
उनले कर्मचारी समायोजनले गत वर्षबाट केही सकस सुरु भएको भए पनि केन्द्रबाट चाँडै त्यसको समाधान गरिने र प्रदेशहरूले पनि सेवा प्रवाह तथा स्वास्थ्यको क्षेत्रमा कामकाजको तदारुकता बढाउनु पर्नेमा जोड दिए ।
गोष्ठीमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. सुशील प्याकुरेलले सुदूरपश्चिमको स्वास्थ्य सेवा विगत भन्दा संघीयतामा झन् खस्किएकोप्रति चिन्ता व्यक्त गरे । प्याकुरेलले सुदूरपश्चिममा पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक समेत रहेर काम गरेका थिए ।
गोष्ठीमा स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थिले प्रदेशको गुणस्तरीय स्वास्थ्यको अवस्था विगत भन्दा खस्केको जानकारी गराउँदै संघीय सरकारले समेत यसमा चासो पु¥याउनुपर्ने बताए ।
गोष्ठी ९ वटै जिल्ला जनस्वास्थ्य अधिकृतहरुको सहभागिता रहेको छ । अस्पतालतर्फको प्रगति समिक्षासमेत यसैक्रममा हुने निर्देशक डा. अवस्थीले बताए ।
प्रदेशको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा गहन छलफल गरेर भावी योजना, प्रदेशको कार्य योजना र स्वास्थ्य सम्बिन्ध कानुन बनाउन महत्वपूर्ण बन्ने प्रदेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बहादुर विष्टले बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •