शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग

शिवपुरी निकुञ्ज क्षेत्रमा भीषण डढेलो, निभाउन हेलिकप्टर प्रयोग

काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जस्थित तारेभिर क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले बताए ।

तारेभीरमा आगो नियन्त्रणमा लिन दमकल र ट्यांकर पनि परिचालन गरिएको छ । यसैबीच काठमाडौंको सोह्रखुट्टे स्थित म्हेपी जंगलमा पनि आगो लागेको छ । टोखास्थित सपन तिर्थ जंगलमा पनि आगो लागेको एसपी मैनालीले जानकारी दिए ।