वर्षाको कारण खेल रोकियो नेपाल र जिम्बावे ‘ए’बीच

वर्षाको कारण खेल रोकियो नेपाल र जिम्बावे ‘ए’बीच

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी २० शृंखलाको दोस्रो खेल वर्षाका कारण प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ ।
खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ६ विकेटको पराजय ब्यहोरेको थियो । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे टोलीले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।