मान्छे माथि आक्रमण भएपछि स्थानीयले मारे चितुवा

मान्छे माथि आक्रमण भएपछि स्थानीयले मारे चितुवा

स्याङ्जाको हरिनास गाउँपालिका वडा नम्बर ६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयले मारेका छन्।

आज बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयले धपाउन खोज्दा मान्छेमाथि आक्रमण गरेको स्थानीय रेशम गोतामेले बताएका छन् । घर नजिकै पात्तीको झ्याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीय दुर्गाबहादुर गोतामेलाई आक्रमण भएको थियो । मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयले दाउराले टाउकामा हानेर मारेका हुन्। चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोकका ४३ वर्षीय गोतामे घाइते भएका छन्। गोतामेको कान, टाउको र हातमा चोट लागेको छ।उनलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ । मान्छेलाई आक्रमण गर्ने चितुवा मरेपछि प्रहरी र इलाका वन कार्यालय बिरुवाका वन अधिकृत हरिबहादुर थापा घटनास्थलमा पुगेर कागजी प्रक्रिया पूरा गरी चितुवालाई डिभिजन वन कार्यालय स्याङ्जा ल्याउने तयारी गरिएको छ ।