बालेनको र्‍यापले महिलामाथि हिंसा गरेको छ , स्थापित

बालेनको र्‍यापले महिलामाथि हिंसा गरेको छ , स्थापित

काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने क्रम बढीरहेको छ । काठमाडौँ महानगरको मेयरका लागि एमालेबाट उठेका उम्मेदवार केशव स्थापितले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि महिला हिंसाको आरोप लगाएका छन् ।शाहले आफ्नो खास परिचय लुकाएको आरोप समेत लगाएका स्थापितले बालेनका र्‍याप गीतलाई लिएर थप प्रश्न उठाएका हुन् । मंगलबार काठमाडौँमा मतदातासँग अन्तरक्रिया गर्दै स्थापितले भने, र्‍याप भन्दैमा मनपरी गर्न पाइन्छ उन बालेनको र्‍यापमा महिलामाथि के के बोलेका छन् हेर्नुस् त, महिलामाथि हिंसा भएको छ । स्थापितले सामाजिक सञ्जालमामार्फत आफ्नो दुष्प्रचार गरेर बालेनले आफूविरुद्ध नाजायज काम समेत गरेको आरोप पनि लगाए ।