चितवनको खैरहनीमा बाघको फेरि आक्रमण एक जना पुरुषको मृत्यु

चितवनको खैरहनीमा बाघको फेरि आक्रमण एक जना पुरुषको मृत्यु

घाँस काट्न जंगल जाने क्रममा बाघको आक्रमण नारायण दाहालको मृत्यु

चितवनको खैरहनी नगरपालिका १३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो।
आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताएका छन्। घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको अधिकारीले बताए।
खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्जमा, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको अधिकारीले बताएका छन्।