४ सय जना नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरेको ओलीको  दाबी

४ सय जना नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरेको ओलीको दाबी

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन जारी रहेका बेला पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब ४ सय जना नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरेको सूचना पाएको दाबी गर्नु भएको छ। बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यो प्रकरण २०१२ देखि सुरु भएको र त्यतिबेला नै गिरोहले करिब ४ सय मान्छेलाई घुसाएर पठाएको सूचना आफूसँग भएको दाबी गर्नु भएको हो ।