२१ महिनापछि नेकपा केन्द्रीय समिति बैठक

२१ महिनापछि नेकपा केन्द्रीय समिति बैठक

१५ माघ (काठमाडौं)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ । एमाले र माओवादी एकीकरणपछि दोस्रो पटक नेकपा केन्द्रीय समिति बैठक बसेको हो ।


प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका छन्। बैठकमा नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
बैठकमा महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधन प्रस्ताव तथा सातै प्रदेशका अध्यक्षहरूले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।