२०७४ को भन्दा सस्तो हुने अहिलेको निर्वाचन , आयोगको अनुमान
काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ ।
निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने , अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ । आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले चुनाव खर्चको विषयमा प्रश्न उठाएका थिए । जवाफमा उनले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको बताएका छन् ।