१८ देशमा रहेका १७३ नेपालीमा संक्रमण, ८ जनाको मृत्यु
२९ चैत (काठमाण्डौं)
विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट आजसम्म संसारभर १६ लाख एक हजार १०६ जना संक्रमित भएका छन् भने ९५ हजार ७०३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, ३ लाख ५७ हजार ९१२ जना आजसम्म यो रोगलाई जितेर फर्किएका छन्।
बेलायतमा मात्रै कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ जना रहेको छ । त्यहाँ ३५ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । अमेरिकामा अमेरिकामा दुई जनाको मृत्यु भइसकेको छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार अमेरिकामा ६० जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । न्युयोर्कमा सबैभन्दा धेरै विरामी छ् ।
जापानमा एक जना नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यूएईमा ११ जना, कुबेतमा ४ जना, मलेसियामा एक जना, अस्ट्रेलियामा ८ जना,
बहराइनमा २२ जना, पोर्चुगलमा १२ जना, स्वीट्जरल्याण्डमा ५ जना, बेल्जियममा एक जना, हङकङमा एक जना नेपाली कोरोना भाइरसबाट संक्रमित रहको पाइएको छ ।