११५ परिवारलाई खाद्यान्न सहयोग
सुदीप थापा, २१ चैत (धनगढी)
गौरीगंगा घर भई धनगढीका समाजसेवी तथा ब्यापारी मिलन कुँवरले गौरीगंगा नगरपालिका वडा नम्बर ४ का विपन्न समूदायलाई खाद्यान्न सहयोग गरेका छन् ।
लामो समयको लकडाउनले अप्ठेरोमा परेपछि अति गरिब तथा विपन्न ११५ घरपरिवारलाई प्रतिपरिवार एक कट्टा चामल उपलब्ध गराएको कुँवरले बताए । उनले एक लाख १५ हजार बराबरकाे खाध्यान्न सहयाेग गरेकाे जानकारी दिए ।
सबै नागरिक र देशै संकटमा परेका बेला सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने भावनाअनुरुप आफुले विपन्न परिवारलाई खाद्यान्न राहत सहयोग गरेको उनको भनाई छ ।