हुम्लामा माइास १२ डिग्री

हुम्लामा माइास १२ डिग्री

२१ पुस (हुम्ला)
हुम्लामा भारी हिमपात भएपछि जनजीवन ज्यादै कष्टकर भएको छ। चिसो अत्याधिक बढेपछि हुम्लाबासीहरु सबै सुविधाबाट बञ्चित हुनु परेको छ ।
लगातार हिमपात हुम्लाबासीको जनजजीबन निक्कै कष्टकर भएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले जानकारी दिएकी छन्। उनका अनुसार हिमपात र चिसोले बाहिर जान सक्ने अबस्था नभएको र भइरहेका सुविधाहरु विद्युत, खानेपानी, टेलिफेन, इन्टरनेट सबै बन्द छन् ।
साँझ सात बजे यहाँको तापक्रम माइनस १२ डिग्री पुगेको छ भने हिउ पर्ने क्रम जारी छ। यसअघि दिउसो तापक्रम माइनस ६ डिग्री थियो। दिनभरी कार्यालयमा सेवाग्राहीको उपस्थिति ज्यादै न्यून रहेको र कार्यालयमा कर्मचारीहरु पनि आगो तापेर बस्न बाध्य भएका थिए ।