हिमशिखरद्धारा खाद्यान्न हस्तान्तरण

हिमशिखरद्धारा खाद्यान्न हस्तान्तरण

सुदीप थापा, २० चैत (धनगढी)
विश्व भरि महामारिको रुपमा देखिएको कोरोना भाइरसको सम्भावित चुनौतिसंग सामना गर्ने क्रममा गरिएको लकडाउनले दैनिक ज्याला मज्दुरी गरिखाने वर्गलाई पर्न गएको समस्यामा केहि राहत पुगोस भन्ने उद्देश्यका साथ हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार धनगढी उपमहानगरपालिका आपूर्ति व्यवस्थापन समितिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
सहकारीले चामल–२० व्याग (५ क्वी), तेल–५ पेटी (५० लि.) हिमशिखरका उपाध्यक्ष रोशन सिंहले धनगढीका नगरप्रमुख नृपबहादुर वडलाई उपलब्ध गराएका हुन् ।