हार्डवेयर प्रदर्शनी मेला धनगढीमा शुरु

हार्डवेयर प्रदर्शनी मेला धनगढीमा शुरु

१२ असोज (धनगढी)
आइतबारदेखि धनगढीमा कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा ‘हार्डवेयर प्रदर्शनी मेला २०७६’ सुरु भएको छ ।
निर्माण सामग्रीबारे उपभोक्तालाई जानकारी दिने उद्धेश्यले प्रदर्शनी मेलाको आयोजना गरिएको संघले जनाएको छ । संघीय इकाइ प्रहरी कार्यालयको मैदानमा चार दिनसम्म चल्ने प्रदर्शनी मेलाले सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजको दावी छ । मेलामा ८० वटा स्टलहरु रहेका छन ।
मेलाको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले गरेका हुन् । बोहराले सुदूरपश्चिममा औद्योगिक विकासले विस्तार लिएन भने विकासको गन्तव्यमा पुग्न नसकिने धारणा राखेका छन् । कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठीले एउटै छानामुनि उत्पादक र उपभोक्ताबीच भेटघाट गराई उपभोक्ताले निर्माण सामग्रीबारे जानकारी पाउनुका साथै उत्पादकले पनि आफ्ना सामग्रीहरुबारे उनीहरुमा जानकारी गराउने उद्देश्यले हार्डवेयर प्रदर्शनी मेलाको आयोजना गरिएको बताए ।