स्वास्थ्य आपूर्ति केन्द्रमा डा. अर्यालकाे जिम्मेवारी बदर
१४ मंसिर (धनगढी)
उच्च अदालत दिपायलले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीको निमित्त निर्देशकमा डा .निरज अर्याललाई जिम्मेवारी दिने निर्णय बदर गरेको छ । सामाजिक विकास मन्त्रालयले गत असोज अन्तिम साता डा. अर्याललाई उक्त जिम्मेवारी दिएको थियो ।
आइतबार उच्च अदालत दिपायलले सामािजक विकास मन्त्रालयकाे निर्णय बिरुद्ध परेकाे रिट माथि सुनुवाई गर्दै डा. अर्याललाई जिम्मेवारी दिने निर्णयलाई खारेज गरेकाे हाे । अदालतले सेवा,समुह र तह मिल्ने व्यक्तिलाइ आपूर्ति केन्द्रकाे प्रमुखकाे जिम्मेवारी दिन भनेको छ । दरबन्दी संरचनामा ११आंै तह हेल्थ इन्सपेक्सन समुहको ब्यक्ति आपूर्ति ब्यबस्थापन केन्द्रको निर्देशक रहने कानुनी ब्यबस्था छ । साेही ब्यवस्थाअनुसार सेवा समूह र तह मिल्ने स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी आपूर्ति केन्द्रको प्रमूखको जिम्मेवारीमा थिए । तर मन्त्रालयले डा अवस्थीलाइ जिम्मेवारीबाट हटाएर १०आंै तह तथा रेडियोलोजिष्ट समूहका डा. अर्याललाई उक्त जिम्मेवारीमा ल्याएको थियो । मन्त्रालयको उक्त निर्णय बिरुद्ध उच्च अदालतमा रिट परेको थियो । संघीय संरचनापछि स्वास्थ्य संरचना मा बिभिन्न निकायमा बिभिन्न सेवा समुहका व्यक्तिहरु प्रमुख रहने गरि संगठन संरचना कायम गरिएको छ ।