स्वास्थ्यकर्मी नै सक्रमित हुन थालेपछि

स्वास्थ्यकर्मी नै सक्रमित हुन थालेपछि

३ फागुन (ऐजेन्सी)
चीनमा कोरोनाभाइरसको नियन्त्रण र रोकथामका निम्ति अग्रमोर्चामा खटिएका १७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सक्रमित भएका छन् । हालसम्म ६ जनाको मृत्यु नै भइसकेको छ ।
चिकित्सक तथा नर्सहरूले ’ज्यान दाउमा राखेर काम गरिरहेको’ राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ्ग यीसिनले बताए । उनका अनुसार वुहानमा कार्यरत ११ सय दुईजना र हुबे प्रान्तका अन्य भागमा चार सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। सक्रमित स्वास्थ्यकर्मीहरूको संख्या बढ्दै गएको पनि उनले जानकारी दिए ।
पछिल्ला हप्ताहरूमा कतिपय स्वास्थ्यकर्मीले आफूहरूलाई सुरक्षित राख्न आवश्यक उपकरणहरूको अभाव झेल्नुपरेको गुनासो गरेका छन् ।
भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेका तर पछि चुप लगाइएका डाक्टर लि वेन्लियाङको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायविरुद्ध चर्को आक्रोश निम्त्याएको थियो ।
१४ सय जनाको मृत्यु
चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका थिए। वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत उनलाई त्यहीँ सक्र्रमण भएको थियो ।