‘स्थानीय तहमा ब्यापक भ्रष्टाचार’
सुदीप थापा, ९ पुस (धनगढी)
आर्थिक बर्ष ०७४÷०७५ मा कैलालीका स्थानीय तहमा ब्यापक आर्थिक अनियमितता भएको नेपाली कांग्रेसले दावी गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कैलालीले मंगलबार धनगढीमा पत्रकार सम्मेलनमार्फत स्थानीय तहमा भएका आर्थिक अनियमितताहरु सार्वजनिक गरेको छ ।
कांग्रेसले कैलालीमा १३ वटा स्थानीय तह रहेकोमा ८ तहमा भएका अनियमितताका प्रंसगहरु अध्ययन प्रतिवेदनमा समेटेको छ । मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउ“पालिका, जानकी गाउ“पालिका र चुरे गाउँपालिकामा भएका आर्थिक अनियमितताहरु प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्य पालिकाहरुका विवरणबारे प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले यी आरोपमा कुनै सत्यता नभएको दावी गरे । ‘विगतपनि यी योजनामा अध्ययन भएकै हो’ अध्यक्ष चौधरीले भने ।
कांग्रेसले १३ वटा स्थानीय तह रहेको कैलालीका ८ वटामा आर्थिक अनियमितता र भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गरेपनि अन्य ५ वटाको अवस्थाका बारेमा भने केही उल्लेख गरेको छैन । कांग्रेसले आप्mनो पार्टीको सरकार रहेको धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकाको अध्ययन प्रतिवेदनमा उल्लेख नगरको हो । यस्तै नेकपाकै नेतृत्व रहेका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिको बारेमा पनि प्रतिवेदनमा केही समेटिएको छैन् । प्रतिवेदनले प्रदेश र संघीय सरकारले स्थानीय तहमा गरेका कामहरुमा पनि अनियमितता भएको दावी गरेको छ । नेकपाका प्रतिनिधिहरुले भने काग्रेसकाे प्रतिवेदन राजनीतिक र तथ्यगत रुपमा आग्रही गरेकाे दावी गरेका छन् ।
सबै तहमा सम्बन्धित तहमा निर्वाचन लडेका र अन्य अगुवा कांग्रेस कार्यकर्ताको समिति गठन गरेर स्थलगत अध्ययन तथा छानवीन गरिएको जिल्ला सभापति शाहले बताए । ‘केहि पालिकाहरुको रिपोर्ट तयार हुन सकेन,’ उनले भने, ‘नेकपाको नेतृत्व रहेका स्थानीय तहमा मात्र अध्ययन गरेको देखिएपनि सबैमा गर्न खोजेका हौं । केही कार्यकताएले काम गर्नु भएन ।’ गत साउनदेखि दुई महिना लगाएर स्थलगत अध्ययन गरिएको कांग्रेसले जनाएको छ । प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइने सभापति शाहले बताए ।