सेना आस्था र भरोसाको केन्द्रबिन्दु- प्रधानसेनापति

सेना आस्था र भरोसाको केन्द्रबिन्दु- प्रधानसेनापति

२३ माघ (गोदावरी, कैलाली)
बिहीबार सुदूरपश्चिम पृतना हेडक्वाटरले तेघरी ब्यारेकमा आयोजित प्रदेश स्तरीय भुपू सैनिक सम्मेलनमा प्रधानसेनापति थापाले नेपाली सेना नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दु भएको बताएका छन् ।
राष्ट्रिय सुरक्षा र एकता कायम गर्न नेपाली सेना सधैं अग्रसर रहेको थापाको भनाइ छ। ‘सम्पूर्ण नेपालीहरूबीच एकता बनाइराख्न नेपाली सेनाबाट अनवरत रुपमा प्रयास हुँदै आएको छ’, प्रधानसेनापति थापाले भने, ‘ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्धन गरी इतिहास जोगाउने सेनाको प्रमुख लक्ष्य हो ।’
‘राष्ट्रिय स्वाधीनता र अखण्डता कायम राख्न भुपू सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहासमा लेखिएको छ,’ उनले थपे, ‘अवकाश प्राप्त सैनिकको आर्थिक सुधारका लागि विभिन्न लोक कल्याणकारी कार्यक्रम ल्याएका छौं ।’
सम्मेलनमा भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवा, लघुवित्त कार्यक्रमका ऋणीलाई चेक हस्तान्तरण, सर्वोत्कृष्ट र उत्कृष्ट व्यावसायीलाई पुरस्कार, ज्येष्ठ सैनिकलाई सम्महान र एकल तथा अशक्तलाई सहायक सामग्री हस्तान्तरण गरिएको छ। भुपू सैनिक जेष्ठ सदस्य ९२ वर्षीय कृष्णबहादुर खत्री र जेष्ठ एकल महिला १०४ वर्षीय भद्रकाली कठायत सम्मानित भएका छन् ।