सेती नदीमा बगेर दिपायलका बोगटी बेपत्ता

सेती नदीमा बगेर दिपायलका बोगटी बेपत्ता

डोटी : सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका करिब ३० वर्षीय सूर्यबहादुर बोगटी रहेका छन् । 

दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपसिंह थापाले जानकारी दिए । 

बागटीले लगाएको कपडा नदीको किनारामा भेटिको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत चैतमा नदीमा पौडी खेल्दा एक जना डुबेर मृत्यु भएको थियो । रासस 

facebook sharing button
twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button