सेतीकाे ल्याबमा मापदण्ड विपरीत आरडिटी परीक्षण भइरहेकाे दावी
६ असार (धनगढी)
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कार्यरत प्राविधिकहरुले तोकिएका माफदण्ड विपरीत आडिटी परिक्षण गरिएको सुदूरपश्चिम फाउण्डेशनले दावी गरेको छ । शुक्रवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको विवादमा फाउडेशनलाई जोडेर केही अनर्गल प्रचार गरिएकोमा फाउण्डेशनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै फाउण्डेसनले सेतीकाे ल्याबमा मापदण्डविपरीत परीक्षण भइरहेको दावी गरेको हो ।
शनिबार संस्थाका अध्यक्ष भरत शाहद्धारा हस्ताक्षरित विज्ञप्तीमा फाउण्डेशनको नाम जोडेर उल्टै कुप्ररचार गर्न खोजिएका हल्लाहरु बद्नीयतपूर्वण, तत्थहीन, भ्रामक रहेको स्पष्ट पारिएको छ ।
विज्ञप्तीमा उल्लेख गरिएको छ, “ल्याबमा कार्यरत प्राविधिकहरुले आरडिटी (अटोबायो किट) परीक्षणका लागि नमूना संकल (स्याम्पल कलेक्सन) विधि त्रुटीपूर्ण रहेको हामीले जानकारी गरायौं । त्रुटी औल्याउँदा त्यहाँ कार्यरत निमित्त ल्याब प्रमुख दुर्गा जोशीले उल्टै फाउण्डेशनका स्वमसेवीमाथि दुब्र्यवहार गरेका हुन् । ”
यस्तै विज्ञप्तीमा अगाडी भनिएको छ, “आरडिटी (आटोबायो किट) परीक्षण विधि सम्बन्धि विश्व स्वास्थ्य संगठनको मापदण्ड, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ०७७ जेठ २६ गतेको पत्र र स्वयं उत्पादक कम्पनीको निर्देशिकामा उल्लेख भएको नमूना संकलन विधि विपरीत सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूना संकलन भइरहेकोप्रति हामीले चासो राख्दै सच्याउनका लागि शिष्टतापूर्वक अनुरोध गरेका थियौं।” सेतीकाे ल्याबका कर्मचारीहरुले भने स्याम्पल कलेक्सन त्रुटीपुर्ण नरहेकाे दावी गरेकाे छ । विज्ञहरुकै सल्लाहअनुसार हरेक द्रुत गतिमा परीक्षण गर्न फिगरस्टिक विधिद्धारा स्याम्पल कलेक्सन गरिएकाे ल्याबका एक कर्मचारीले बताए ।

घटनाको बारे थप स्पष्ट गर्दै फाउण्डेशन द्धारा जारी विज्ञप्तीमा भनिएको छ, “आरडिटी (अटोबायो किट) परीक्षणका लागि स्याम्पल कलेक्सनको गाइडलाइन नम्बर १– अनुसार रगत संकलन गर्दा भेनिपंचर विधिद्धारा हुनुपर्ने र रगत संकलन गर्दा फिंगरस्टिक विधिबाट लिन नपाईने उल्लेख रहेकोमा सेती ल्यावका प्राविधिकहरुले फिंगरस्टिक विधिद्धारा गरिरहेकोमा हामीले सच्याउन अनुरोध गरेका थियौं । तर दुर्भाग्यवस् निमित्त इन्चार्ज जोशीले आफ्नो त्रुटी ढाकछोप गर्ने उद्धेश्यले त्यसैलाई बदनियतपूर्ण ढंगले गलत अफवाह फैलाउने दुष्प्रयास गरेका हुन् । त्यसप्रति भ्रममा नपर्न हामी सम्वद्ध सबैमा अनुरोध गर्दछौं ।”
