सुर्तिजन्य पदार्थ नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न
उत्तम थापा क्षेत्री (धनगढी)
सुर्तिजन्य पदार्थ नियन्त्रण सचेतना कार्यक्रम धनगढी उपमहानागपालिका १ मा बुधवार सम्पन्न भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य कर कोषको सचिवालयको सहयोगमा नव प्रतिभा समुहद्वारा कार्यक्रम सञ्चालन गरिएको समुहकी अध्यक्ष मिना सोवले बताईन । कार्यक्रम २२ गते वाट सञ्चालन भएको उनले जानकारी दिईन् । हाल सम्म कार्यक्रम धनगढी उपमहानगरपालिका १ को टोल विकास संस्था, प्रतिभा आमा समुह आनन्दटोल, सुलोचना आमा समुह जयलक्ष्मी टोलमा सम्पन्न भएको उनले बताईन । कार्यक्रममा सुर्तिजन्य पदार्थले स्वास्थ्यमा पार्ने असरहरु र यसबाट बच्ने उपायहरुको वारेमा प्रशिक्षण तथा छलफल भएको सोवले जानकारी दिईन ।
प्रशिक्षण कार्यक्रमको प्रशिक्षक हर्क पार्की रहेका थिए । कार्यक्रम सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको प्रशिक्षक पार्कीले जानकारी दिए । कार्यक्रम सञ्चालन प्रेम प्रकाश चतराले गरेका थिए ।