सुर्खेतमा कर्फ्यु

सुर्खेतमा कर्फ्यु

१४ माघ (सुर्खेत)
स्थानीय र प्रहरीबीच झडप हुँदा गोली चलेर सुर्खेत तनावग्रस्त भएपछि प्रशासनले अहिले साढे ६ देखि भोली विहान ६ बजेसम्मका लागि कफर््यु लगाएको छ ।
टिप्परले किचेर एक युवकको हत्या भएपछि विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा सुर्खेतमा गोली चलेको थियो । गोली लागेर दुई जना र भागदौडमा अन्य ६ जना घाइते भएको स्थानीयले बताए ।
मंगलबार विहान कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर २ एरिचोकमा टिपरले किचेको थियो ।
सुर्खेत प्रहरीका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।