सुदूरमा डेंगु भयावह

सुदूरमा डेंगु भयावह

२९ भदौ, धनगढी
शनिबारसम्म ४० डेंगु ५३ स्क्रव टाइफसका विरामी रहेको सुदूरपश्चिममा आइतबार ४५ र स्क्रव टाइफसका विरामी ७४ पुगको छन् ।
कैलालीमा सबैभन्दा बढी डेंगुका विरामी छन् । आइतबारसम्म २० जना डेंगुका विरामीको पहिचान भएको मन्त्रालयले जनाएको छ । यस्तै १९ जनामा स्क्रव टाइफस भेटिएका छन् ।
डडेलधुरामा सबैभन्दा बढी स्क्रव टाइफसका विरामी फेला परेका छन् । डेडेलधुरामा ३५ जनामा स्क्रव टाइफस देखिएको छ । डेंगुबाट हालसम्म कैलालीपछि दार्चुलामा बढी संख्या देखिएको छ । दार्चुलामा ८, कञ्चनपुरमा ८, डोटीमा १, अछाममा १ र बैतडीमा एक र डडेलधुरामा ३ जनामा डेंगु देखिएको सामाजिक विकास मन्त्रालयद्धार जारी उल्लेखित छ । यी मध्ये डोटीमा एकजनाको मृत्यु भइसकेको छ । स्क्रव टाइफस डेडेलधुराको छिमेकी जिल्ला बैतडीमा पनि बढी देखिएको छ । त्यहाँ ११ जनामा स्क्रव टाइफस फेला परेको छ । विरामीहरु कतिपय उपचारपछि घर फर्किसकेको र कतिपय उपचाररत रहेको मन्त्रालयका अधिकृत हेमराज खड्काद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सबै क्षेत्रबाट डेंगुको प्रभाव नियन्त्रण गर्न हातेमालो गर्न मन्त्रालयले आव्हान गरिएको भएपनि पहल भने भएको देखिएको छैन् । मन्त्रालयले ‘डेंगुको महामारीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन भनेको छ ।