सुदूरपश्चिम प्रदेश प्रतिभा सम्मान तथा पुरस्कार २०७८ बाट श्रस्टाहरु विभूषित

सुदूरपश्चिम प्रदेश प्रतिभा सम्मान तथा पुरस्कार २०७८ बाट श्रस्टाहरु विभूषित

२९ असार (धनगढी) सामाजिक बिकास मन्त्रालयले भानु जयन्तीको अवसरमा सुदूरपश्चिम प्रदेशका तीन जना श्रस्टाहरुलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । मंगलबार मन्त्रालयले प्रदेशस्तरमा भाषा, संस्कृति, साहित्य, नाट्य, संगीत, ललितकलालगायतका विधामा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाल र सुदूरपश्चिम प्रदेशको छबी उच्च पार्न बिशेष योगदान गरेका प्रतिभावान व्यक्तिहरुको छनौट गरि ७५ हजार नगदसहित सम्मान गरेको हो । विभुषित हुनेहरुमा साहित्य क्षेत्रमा बिक्रम सम्बत २०३० सालदेखि सक्रिय गडसेरा डोटी जन्मस्थल भई यज्ञराज जोशी (यात्री), संस्कृति क्षेत्रमा बैतडी मेलौली जन्मस्थल भई बिक्रम सम्बत २०४८ सालदेखि निरन्तर सांस्कृतिको जगेर्नाको लागि याेगदान गरिरहनु भएका हरिश प्रसाद जोशी र संगीत क्षेत्रको सम्मान थालारा बझांग जन्मस्थल भई बिक्रम सम्बत २०४५ साल देखि निरन्तर सांगीतिक क्षेत्रमा योगदान दिइ रहनु भएका नरेन्द्रराज रेग्मी रहनु भएको छ । प्रतिभा सम्मान तथा पुरुष्कार कार्यविधि २०७७ बमोजिम सामाजिक बिकास मन्त्रालयद्वारा सम्मानित हुने व्यक्तित्वहरुलाई प्रदेशसभाका सभामुख अर्जुन बहादुर थापा, सामाजिक बिकास मन्त्री लालबहादुर खड्का, राज्य मन्त्री मना कुमारी साउँद, सामाजिक बिकास समिति सभापति कुन्ती जोशी लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।