सुदूरपश्चिममा नेकपा ५, कांग्रेस २
१५ मंसिर (धनगढी)
सुदूरपश्चिमका ५ जिल्लामा ७ वडाध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपा ५ र कांग्रेसले २ वडाध्यक्ष जितेको छ । नेकपाले अछामको मेल्लेख ५ मा रमेशबहादुर खड्का बाजुराको त्रिवेणी नगरपालिका १ मा मनराज बुढा, डोटीको आदर्श गाउँपालिका– २ डोटीमा नेकपाकै रामबहादुर बोहरा, कञ्चनपुरको पुनर्वास नगरपालिका – ३ मा कृष्णबहादुर तामाङ र बैतडीको पुरचौडी नगरपालिका– ४ मा शैलेन्द्र धानुक नेकपाबाट निर्वाचित भएका छन् ।
कांग्रेसले बैतडीका २ वटा वडा जितेको छ । दोगडाकेदार ४ मा सुरेन्द्र प्रसाद भट्ट र सूर्यना गाउँपालिका – १ मा गजेन्द्रबहादुर चन्द कांग्रेसबाट विजयी भएका हुन् ।