सुदूरका एक्ला प्रतिस्पर्धी कमललाई भोट दिन अपिल
सुदीप थापा, ११ माघ (धनगढी)
नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रहेका कमल सोपलाई विजयी गराउनका लागि एसएमएस भोट गर्न परिवारजनले अपिल गरेका छन् । धनगढीमा कमल सोप जिताउ अभियानको सुरुवात गर्दै भोट दिन अपिल गरिएको हो । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कमलका बुवा नरवहादुरले भोटिङकै आधारमा कमलको नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन अपिल गरेका हुन् । कमललाई भोट गर्न मोबाईलको म्यासेज बक्समा गएर NI 01 देखि 37000 मा पठाउनु पर्ने छ । भोट शुक्रवार राति साढे ८ बजेदेखि आउँदो सोमबार मध्यान १२ बजेसम्म गर्न सकिने छ । बिहिबार प्रसारण भएको नेपाल आईडलको गाला राउण्डमा पनि सोपको आवाजको निर्णायकहरुले प्रशंसा गर्दै आवाज राम्रो भएको भन्दै शुभकामना दिएका थिए ।
कमल सोप जिताउ अभियानका अगुवा विजय कार्कीले सुदूरपश्चिमबाट आइडलमा सोव एक्ला प्रतिस्पर्धी भएकाले सबैलाई भोट दिएर साथ दिन आग्रह गर्नुभयो। धनगढीका सोव नेपाल आइडलको उत्कृष्ट १२ मा पुगिसको छन् । ५ कक्षासम्मको पढाई डोटीको बुडरमा गरेका सोप त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए । माध्यमिक शिक्षासम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोपले स्थानीयस्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए ।
