साहित्यकारको शालिक स्थापना

साहित्यकारको शालिक स्थापना

सुदीप थापा, १३ फागुन (धनगढी)
सुदूरपश्चिम साहित्य समाजले समाजले स्थापना गरेको तीन जना साहित्यकारहरुको शालिक मंगलबार अनावरण गरिएको छ ।
आदिकवि भानुभक्त आयार्य, नाटककार पहलमानसिंह स्वाँर र मावनतावादी राजा तथा नेपाली व्यवाकरणका जन्मदाता जयपृथ्वी बहादुर सिंहको शालिक अनावरण गरिएको हो । साहित्य समाजको धनगढीस्थित प्राङ्गणमा स्थापना गरिएको शालिक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार अनावरण गरेका हुन् ।
आदिकवी आचार्यको सालिक साहित्य समाजले, नाटककार स्वाँरको शालिक उनको परिवारले र राजा मल्लको शालिक धनगढीका योगेन्द्र शाहीले निर्माण गरेका हुन् । अनावरणपछि मुख्यमन्त्री भट्ट, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलगायतले शालिकमा माल्यार्पण गरेका थिए । साहित्य समाजको आयोजनामा बुधबारदेखि सुरु हुने विश्व नेपाली साहित्य महोत्सवको पूर्व सन्ध्यामा आयोजित शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री भट्टले संस्कृति, भाषा, साहित्य र पर्यटनलाई एक ठाउँमा राखेर प्रबद्र्धन गर्न सके प्रदेशको आर्थिक विकास पनि सम्भव रहेको बताए ।
उनले सुदूरपश्चिमको संस्कृति, रहनसहन, र लवाईखवाई सबै भन्दा फरक रहेकाले यहाँ संस्कृतिक पर्यटनको सम्भावना बढि रहेको बताए । उनले नेपाली भाषा, साहित्यको उद्गम थलो सुदूरपश्चिम रहेकाले सुदूरपश्चिममा भाषा, संस्कृतिको पर्यटन समेत हुन सक्ने बताए । उनले भाषा, संस्कृति, साहित्यको संरक्षण गर्दै प्रबद्र्धन गरी पर्यटक भित्र्यानतिर लाग्न आवश्यक रहको बताए ।