सांसद रावल पाँच लाख धरौटीमा छुटे
१० चैत (धनगढी)
बलात्कार प्रयासको आरोप लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावल धरौटीमा रिहा भएका छन । सोमबार भएको थुनछेक बहसपछि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले रावललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।