सांसद दिपक मनाङे पक्राउ
०९ माघ (पोखरा)
गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरेको छ । मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फ) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए ।
गुरुङले प्रदेश सांसद मनाङेले दुर्व्यवहार गरेको उजुरी बुधबार दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई मनाङे पक्राउ गर्न अनुमति दिएको थियो ।
मुख्यमन्त्री कप फुटबल उद्घाटन समारोहमा भनाभन हुँदा मनाङेले मिलनलाई झापड खानेका थिए । बुधबार मिलन र मनाङेले पत्रकार सम्मेलन गर्दै आआफ्नो बचाउ गरेका थिए । मनाङेले गठलाई झापड हानेको स्वीकार गरेका थिए भने मिलनले आफूमाथि प्रदेशसभा सदस्यले दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएका थिए ।