सहकारीद्धारा निशुल्क तरकारी

सहकारीद्धारा निशुल्क तरकारी

सुदिप थापा, २५ बैशाख (धनगढी)
धनगढीको देवरियामा सञ्चालित एक सहकारी संस्थाले कैलालीका विभिन्न संघ संस्थाहरुमा राहत पुगोस भन्ने उद्धेश्यले तरकारी वितरण गरेको छ ।
दाइजो कृषि सहकारी संस्थाले आफै उत्पादन गरेको ११ सय किलो तरकारी बुधबार भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमार्फत धनगढीमा सञ्चालित मानव सेवा आश्रम, आमाको छात्रावास, दृष्टि फाउन्डेशन र धनगढी उपमहानगपालिका १७ मा रहेको मुक्त कमैया शिविरमा रहेका ४१ परिवारलाई निस्शुल्क तरकारी वितरण गरेको छ ।
दाइजो कृषि सहकारी संस्थाको सहयोगमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय मार्फत धनगढी उपमहानगरपालिका रहेको मुक्त कमैया परिवारका ४१ परिवारलाई २० किलो का दरले तरकारी वितरण गरेको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा.हेमराज अवस्थीले बताए । उनका अनुसार मानव सेवा आश्रम तारानगरलाई ६० किलो ,आमाको छात्रावासलाई २५ किलो र दृष्टि फाउन्डेशन धनगढीलाई ६० किलो तरकार निःशुल्क वितरण गरिएको छ । यी वाहेक महानगरपालिका भित्रका विपन्न परिवारलाई पनि तरकारी वितरण गरिएको सहकारीका अध्यक्ष किरण रानाले बताइन् ।
हाल मानव सेवा आश्रममा तारानगरमा ६० जना आश्रीत छन र यसैगरी आमाको छात्रावासमा २५ बालकालिका र दृष्टि फोन्डेशनमा ३५ जना रहेका छन् । सहकारीले लौका र फर्सी सहयोग गरेको संस्थाकी अध्यक्ष किरण रानाले बताइन् ।
उक्त तरकारी वितरण कार्य कृषि मन्त्री विनिता चौधरी र नेकपा कैलालीका युवा नेता दिर्ध जोशीको समन्वयमा भएको हो ।