सवारी चालकलाई सचेतना
सुदीप थापा, २१ माघ (धनगढी)
अस्थायी ट्राफिक प्रहरी पोस्ट त्रिनगर भन्सार कार्यालयले चालकहरुलाई मंगलवार सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भारतवाट इन्धन ढुवानी गर्ने ट्याङकरका चालक र सहचालकलाई उक्त कार्यक्रममा प्रशिक्षण दिइएको अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रहरी नायब निरीक्षक शोभान सिंह कार्कीले बताए । सवारी साधन चलाउँदा ओभर टेक गर्नुपरे साईडलाईटको प्रयोग गर्ने, सुरक्षित सडकको प्रयोग विधिवारे सचेतना कार्यक्रममा चालकहरुलाई प्रशिक्षण दिईएको उनले जानकारी दिए ।
