सरकार चुक्यो, जनता अभिभावकविहीन भए : पूर्वराजा ज्ञानेन्द्र

सरकार चुक्यो, जनता अभिभावकविहीन भए : पूर्वराजा ज्ञानेन्द्र

७ कार्तिक (काठमाण्डौ)
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको विपत्तिबाट नागरिकका जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कार्यमा सरकार चुकेको औंल्याएका छन् ।
विजया दशैंको अवसरमा बिहीबार एक सन्देश जारी गर्दै पूर्वराजा शाहले विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अविभावकको क्षमता र हैसियत स्पष्ट हुने भन्दै उनले अहिले जनता अविभावकविहीन बनेको बताएका छन् ।