सम्भावनामा टेकेर योजना सफल गरौं–मन्त्री भट्ट

सम्भावनामा टेकेर योजना सफल गरौं–मन्त्री भट्ट

८ कार्तिक (धनगढी)
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिमका विद्यमान पर्यटकिय सम्भावनालाई उपयोग गर्दै नेपाल भ्रमण वर्ष २०२० सफल पार्नुपर्ने बताएकी छिन् । शुक्रबार पत्रकार सम्मेलनमा मन्त्री भट्टले सरकार तथा मन्त्रालयले गर्ने अगुवाईमा सबै क्षेत्र र पेशाको सक्रिय सहभागिताले मात्रै लक्ष्य प्राप्त हुने धारणा राखेकी हुन्।
भ्रमण वर्ष लक्षित पर्यटन प्रर्वद्धन प्रदेश समन्वय समितिको पहिलो बैठक सम्पन्न भएपश्चात आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सबै कुरा रातारात पुरा नहुने बताइन् । बैठकले आगामी मंसिरमा बस्ने बैठकमा विस्तृत योजना बनाउने एक सदस्यले बताए । सुदूरपश्चिमलाई देवभूमिकै रुपमा परिचित गराएर यहाँको पर्यटन विकासमा जोड दिनुपर्ने आवस्यकता रहेको उनको भनाई थियो । ‘सबै क्षेत्र उत्तिकै परिचालित भए भ्रमण वर्षमा बढिभन्दा बढि पर्यटक भित्र्याउन कुनै कठिनाई छैन’ उनले भनिन् ‘अर्को प्रदेशबाट आन्तरिक पर्यटकलाई भित्र्याउने योजनामा पनि उत्तिकै प्राथमिकता दिनु पर्छ ।’
समन्वय समितिले भ्रमण वर्षको वार्षिक कार्ययोजना तयार गर्ने उनको भनाई थियो । राज्यमन्त्री प्रकाश रावलले यसै बर्ष खप्तड विकास समितिको गठन हुने जानकारी दिए । भ्रमण बर्ष सफल गर्न प्रचारप्रसाको क्षेत्रमा कुनै कमि नहुने बताउँदै राज्यमन्त्री रावलले शुक्लाफाँटा सहज गन्तब्य हुने औल्याए ।