सभामुख सापकोटाको शीतलनिवासदेखि सिंहदरबार यात्रा (फोटो फिचर)
१३ माघ (काठमाण्डौं)
प्रतिनिधिसभाबाट आइतबार निर्विरोध निर्वाचित भएका सभामुख अग्नि सापकोटाले सोमबार सपथग्रहण लगत्तै सिंहदरबारस्थित सभामुखको कार्यालयमा पदभार सम्हालेका छन् ।
बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथग्रहण गरेका सापकोटा सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।
यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोजको दोस्रो साता राजीनामा दिएपछि प्रतिनिधि सभा सभामुखबिहीन बनेको थियो ।
नवनिर्वाचि सभामुख सापकोटाको शीतलनिवासदेखि सिंहदरबारसम्म यात्रा







