सभामुख महराले राजीनामा गर्लान ?

सभामुख महराले राजीनामा गर्लान ?

१४ असोज (कामाडौ)
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख कृष्णबहादुर महराले आफुलाई यौन दुब्यवहार गरेको आरोप लगाएपछि महरा गम्भिर नैतिक संकटमा परेका छन् ।
ती महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । उनले आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताएकी थिइन् । त्यसैका आधारमा सोमबार साँझ अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति विज्ञप्ति जारी गरी खण्डन पनि गरेका छन् ।
अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको विज्ञप्तीमार्फत दाबी गरिएको छ । ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पनासमेत गर्न सकिँदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सञ्चार माध्ययममा आएका समाचारहरुका अनुसार तर यत्ति भनेर सभामुख महराले छुटकारा पाउन सक्ने देखिएको छैन । राष्टकै ध्यान यसतर्फ मोडिएको छ । अति उच्च अहोदामा रहने सभामुखलाई यस्तो आरोप लगेपछि उनी नैतिक रुपमा चौतर्फी दवावमा परेका छन् । यही अवस्थामा उनले संसद सञ्चालन गर्नसमेत असहज हुने विष्लेशकहरु बताउँछन् ।