सबैभन्दा धेरै लागु पदार्थ ओसारपोसार हुने चार नाका
११ माघ (बिराटनगर)
नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन् ।
त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, नेपालगञ्ज, भैरहवा तथा काँकरभिट्टा रहेको प्रहरीका अधिकारीहरु बताउँछन् । विभिन्न मुलुकबाट नेपालमा लागु पदार्थ भित्र्याउने वा नेपाल हुँदै अन्य मुलुक लैजाने क्रम विगतदेखि नै चल्दै आएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ । त्यसका अतिरिक्त खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको ब्यूरोले जनाएको छ । बस्याल भन्छन्, “त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, नेपालगञ्ज र भैरहवामा गरिएको कडाइका कारण लागु पदार्थ कारोबारी अहिले काँकरभिट्टा नाकामा सक्रिय भएको देखिन्छ । बिबिसीबाट