सकिएन महराको थुनछेक बहस

सकिएन महराको थुनछेक बहस

१७ कार्तिक (काठमाण्डौं)
बलात्कार प्रयास गरेको आरोपमा साढे सातवर्ष कैद मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्रसहित पेश गरिएका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबार थुनछेक बहस अझै सकिएको छैन ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुरेन्द्रराज पाण्डेको इजलासमा आइतबार सरकार पक्षबाट ४ जना सरकारी वकिलले बहस गरेका थिए । महराको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली र अधिवक्ता भोजराज आचार्यले बहस गरे । महराको पक्षबाट बहस गर्न ५ जना वरिष्ठ अधिवक्तासहित ३५ जनाले वकालतनमा भरेका थिए । महराको पक्षबाट बहस बाँकी भएकाले सोमबार पनि थुनछेक बहस हुने छ ।
बहस सकिएपछि मात्र अदालतले साधारण तारिख, धरौटी वा थुनामा राख्ने आदेश दिनेछ ।
संसद सचिवालयकी एक महिला कर्मचारीले महरामाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सोही आरोपमा महरालाई पक्राउ गरि मुद्दा चलाइएको हो ।