गाउँमा माघीकाे उल्लास,संस्कृति संरक्षणमा सांसद

गाउँमा माघीकाे उल्लास,संस्कृति संरक्षणमा सांसद

सुदीप थापा, १८ माघ (धनगढी)
गोदावरी नगरपालिका ६ बडेहा घर भएकी सा‌‌सद चुनकुमार चौधरीको व्यस्तता यतिबेला विछट्टै बढेको छ । एकातिर प्रदेशसभामा बैठक, संसदीय समितिका जनतिनिधी भएकाले निम्तो आएका कार्यक्रमहरुमा अनुपस्थित भए अर्कै अर्थ लाग्ने झर्को । अर्कोतिर थारु समूदायकी भएकाले यतिबेला यस समुदायको माघी चलिरहेको छ । आफ्नै समूदायका रीतिरिवाजबाट टाढा हुन पनि त मिल्ने कुरै भएन । त्यसैले उनी बरु अरु कार्यक्रम छुटेपनि थारु समुदायले मनाउने माघी कार्यक्रम भने छुटाउदिनन् ।
यसै क्रममा शनिबार गोदावरी नगर ६ बडेहामा भएको कार्यक्रममा सांसद चौधरी पनि आफ्नै भेषभुषा र पहिरनमा सजिएर उपस्थित भइन् । वडाले आयोजना गरेको माघी मिलन कार्यक्रमको प्रमुख आतिथ्यतासमेत ग्रहण गरिन् । कार्यक्रममा उनले यस्ता कार्यक्रमले आपसी भाइचारा अभिवृद्धि गर्नुका साथै लोप हुनै थालेको थारु कला, संस्कृति जोगाउनु पनि आफ्नो दायित्व भएको बताइन् । यस्ता कार्यक्रमले युवा पुस्तालाई आफ्नो समूदायको संस्कृति हस्तान्तरण गर्न सहयोग पुग्ने बताइन् ।
माघी मिलन मूल आयोजक समितिका अध्यक्ष तथा गाउँका भलमन्सा पृथ्वीराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित थारु समूदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।