संक्रमित मृतकको मलामी गएका सम्पर्कमा, टोल सिल गरिदै

संक्रमित मृतकको मलामी गएका सम्पर्कमा, टोल सिल गरिदै

२४ जेठ (धनगढी)
धनगढीका स्वास्थ्यकर्मीहरुले शुक्रबार मृत्यु भएर अन्त्येष्टि गरिसकेपछि कोरोना पुष्टि भएकी एक महिलाको मलामी गएकाहरुको पहिचान गरेका छन् । मृतक धनगढी उप–महानगरपालिका ४ को महिमा टोलकी ५५ वर्षीया महिला हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाले महिलाको मलामी गएका ४९ जना सम्पर्कमा आएको बताए । उनका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना उनको मलामी गएको पाईएको छ ।
मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् । अहिले मृतकको बसोबास रहेको महिमा टोल सिल गर्ने विषयमा आवश्यक छलफल भईरहेको प्रहरी निरिक्षक थापाले जानकारी दिए। उनी मृगौलाको विरामी थिइन् ।