संक्रमित परिवारको स्वाब संकलन

संक्रमित परिवारको स्वाब संकलन

सुदीप थापा, १९ चैत (धनगढी)
परिवारसँग सम्पर्क भएको १२ दिनपछि धनगढीमा कोभिड–१९ को पोजेटिभ संक्रमित युवाका परिवारको बुधबार थ्रोट स्वाब संकलन गरिएको छ । घरमै क्वारेन्टाइनमा राखिएका उनीहरुलाई अस्पतालको एम्बुलेन्समा अस्पताल लिइएको थियो । श्रीमतिसहित परिवारका ८ जना र अस्पताल पु¥याउने उनका भाइको स्वाब संकलन गरेर काठमाण्डौं पठाउने तयारी गरिएको कन्ट्याक्ट टे«सिङमा खटिएका भुपेन्द्र महराले बताए । संकलित स्वाब बिहिबार हेलिकोप्टरबाट काठमाण्डौं पठाउने तयारी रहेको उनको भनाई छ । बुधबार संक्रमित युवाका परिवारसहित १३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।