शुक्रबारदेखि लकडाउनमा थप कडाई

शुक्रबारदेखि लकडाउनमा थप कडाई

बिहीबारसम्म ६२० सवारी साधान कार्वाहीमा

सुदीप थापा, २० चैत (धनगढी)
शुक्रबारदेखि कैलाली प्रशासनले लकडाउनमा थप कडाई गर्ने जनाएको छ । त्यस क्रममा कसैलाई पनि हिडडुल गर्न रोक लगाउने प्रशासनको भनाई छ ।
यसै बीच चैत ११ गतेदेखि २० गते १० बजेसम्म कैलाली जिल्लामा ६२० ठुलासाना सवारीसाधन नियन्त्रणमा लिएर कार्वाही गरिएको कैलाली जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक सरोज ठकुराठीले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाभित्र जिल्ला ट्राफिक कार्यालयमा २०६ मोटरसाईकल, १ टैक्सी, २ अटो नियन्त्रणमा लिइएको उनले बताए । जिल्ला प्रहरी कैलाली र ट्राफिक कार्यालयको सयुक्त टोलिले उक्त सवारी साधनलाई नियन्त्रण लिई कार्वाही गरेको उनको भनाई छ ।
नियन्त्रणमा लिइएका सवारी साधनमध्ये अति आवश्यक समस्यामा रहेका सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कैलालीवाट स्क्यानिड्ङ गरेर मात्रै छोड्ने गरेको र अन्यको हकमा लकडाउन अवधिसम्म होल्ड गर्ने उनले जानकारी दिए ।