वीरगन्जमा एमाले र लोसपाबीच गठबन्धन : मेयरमा सरावगी
वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच गठबन्धनको सहमति जुटेको छ ।
३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् । सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरबिन्द सिंहले जानकारी दिए ।