वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज महानगरपालिकाको मतगणना ढिला सुरु भएको छ । वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिएका छन् । शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बसेर निर्णय भएपछि मतगणना प्रक्रिया अघि बढाउन निर्णय गरिएको थियो । राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ हुन पुगेको हो ।