विप्लव माओवादीका केन्द्रीय नेतासहित १६ जना बाजुरामा पक्राउ

विप्लव माओवादीका केन्द्रीय नेतासहित १६ जना बाजुरामा पक्राउ

२२ कार्तिक (बाजुरा)

बझांगबाट बाजुरातिर आउदै गरेका केन्द्रिय नेता चिडामणी ओली सहित १६ जना विप्लव माओवादी कार्यक्रतालाई शुक्रबार बाजुरा जिल्ला प्रहरीले पक्राउ गरेको छ। गौमुल गाउँपालिका ३ माझपाली बाट उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले वताए। प्रक्राउ पर्नेमा बाजुरा त्रिबेणी नगरपालिका २ छतारा घर भएका जिल्ला कमिटि सदस्य डम्मर सुनार पनि रहेका छन्। अन्य १४ जना भने बिपल्ब समुहका साधारण सदस्य रहेको प्रहरीले जनाएको छ।अछाम ढकारी गाउँपालिका २ बस्ने २४ कर्षका नरेश शाही, कैलाली घोडाघोडी १ बस्ने २८ बर्षका दिपक प्रकाश सुनार, बाजुरा हिमाली १ का अमलाल थापा, सोही ठाँउका धर्म बहादुर थापा पनि पक्राउ परेका छन्।यस्तै अछाम बिनायक ८ का उदय कसेरा, सोही नगरपालिका २ का राजेश कुमार शाही, ७ का डबल बहादुर नेपाली, अछाम तुर्माखाद गाँउपालिका ७ का डबल बहादुर नेपाली, बाजुराको हिमाली गाँउपालिका १ का धरम सिंह बोहारा, बाजुराको स्वामिकार्तिक १ की कुस्मा विक, अस्मीता विक, सुस्मिता विक, अछामको ढकारी २ बस्ने कमला बिक र अछाम मष्टा गाँउपालिका १ बस्ने सृष्टि सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।