विपन्न र असहायलाई दुध वितरण
सुदीप थापा, २१ च्ैत (धनगढी)
नेपाल डेरी एसोसियसनका केन्द्रिय उपाध्यक्ष तथा न्यु आँचल डेरी उधोगका सञ्चालक कर्ण बहादुर हमालले गरिब तथा विपन्न परिवारलाई दुध वितरण गरेका छन् ।
हमालले धनगढीको मानवसेवा आश्रमका सिद्धराज पनेरुलाई ३७ लिटर, दृष्टी फउण्डेसनकी सञ्चालिका कल्पना भट्टलाई २५ लिटर र आमाको माया छात्रावासलाई १० लिटर दुध सहयोग गरेका हुन् ।
विश्वव्यापी रुपमा कारोनाको माहामारी चलिरहेको समयमा रोगसंग लड्न मानव शरिरलाई आवश्यक पर्ने तत्व दुधमा पाईने भएकाले दुधको अधिकतम प्रयोग गर्नु पर्नेमा उपाध्यक्ष हमालले जोड दिए । त्यसक्रममा उनले कृषकहरुले उत्पादन गरेको दुध संकलन र विक्रि नहुँदा दुध पोख्नुपर्ने अवस्था रहेको उनले गुनासो गरे ।
दुध वितरण कार्यको सहजिकरण सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र हेल्प फर हेपिनेस धनगढीले गरेको मन्त्रालयका उपसचिव डा. हेमराज अवस्थीले जानकारी दिए ।

