वन क्षेत्रको सुरक्षा मुख्य दायित्व पाठक

वन क्षेत्रको सुरक्षा मुख्य दायित्व पाठक

१६ कार्तिक (धनगढी)
प्रगतिशील वन प्राविधिक सघको प्रदेश अध्यक्षमा निर्वाचित भएको भोजराज पाठकले आफुहरुको मुख्य ध्यान वन क्षेत्रको रक्षा र नेपालको प्राकृतिक श्रोतको वैज्ञानिक उपयोगमा रहेको बताएका छन् ।
शनिबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश प्रथम समितिको प्रथम अधिवेशनले भोजराज पाठकको अध्यक्षतामा नौ सदसिय समिति चयन गरेको हो । उपाध्यक्षमा प्रकाश शाह,महासचिवमा गणेश त्रिपाटी,कोषाध्यक्षमा सुनिता कडेल लगायत ९ सदसिय प्रदेश कार्यसमिति चयन गरेको हो । अधिवेशनको उदघाटन नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टले गरेका थिए । प्रदेशसभाका सांसदहरु हर्क कुवर, पूर्ण जोशी, कर्मचारी संगनठका नेताहरु रामचन्द्र जोशी, जयदेव जोशी लगायतले मन्तब्य राखेका थिए । यस्तै नेकपाका केन्द्रिय सदस्य महेश्वर पाठक, गैसस प्रदेश उपाध्यक्ष नीर शाही लगायतले संघको दायित्वमा धारणा राख्दै शुभकाना दिएका थिए ।