ल्याब टेस्टमा विशेष छुट प्याकेज
धनगढी डाइग्नोेस्टिकको तेस्रो वार्षिकोत्सव सोमबार
२५ फागुन (धनगढी)
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा विरामीको ल्याब परीक्षणमा विभिन्न छुटका प्याकेजहरु सार्वजनिक गरेको छ । स्वास्थ्य हब बन्दै गएको धनगढीमा धनगढी डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर अध्याधुनिक प्रविधि जडित ल्याब हो ।
धनगढी डाइग्नोस्टिक्सले सोमबार आफ्नो तेस्रो बार्षिकोत्सव विशेष कार्यक्रमकाबीच मनाउन लागेको छ । सोही पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरी होलबडी प्याकेज ५ हजार, मिनि होलबडी प्याकेज २ हजार र थाइराइड जाँच ५ सयमा गराउन लागेको आईतबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
एयसक्राफ्ट म्यूजियम अगाडीपट्टि रहेको डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्धक महेन्द्र साउँदका अनुसार हालसम्म ६ सय ७० जनाको निःशुल्क मधुमेह जाँच, ७ हजार बढीको सिकलसेल जाँच गरिएको छ ।
वार्षिकोत्सवकै पूर्वसन्ध्यामा डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले टिसिएन चोकमा रहेको मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ, असहाय, घरबार विहीन २९ जना बृद्धाबृद्धहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको अध्यक्ष मीनबहादुर धामीले बताए । त्यसक्रममा स्वास्थ्यकर्मी सहितको टोली आश्रममै पुगेर निःशुल्क रगत, सुगर, मिर्गौला, एचआइभी, हेपाटाइटिस बि परीक्षण गर्नुका साथै फलफूल वितरण गरेको प्रबन्धक निर्देशक साउँदले बताएका छन् । ३ बर्षमा डाइग्नोस्टिक्सले धनगढी लगायत विभिन्न ठाउँमा निशुल्क शिविर आयोजना गर्दै आएकोे जनाएको छ ।

