रोशनीको कोठामा गएको छैन-महरा
१५ कार्तिक (काठमाण्डौं)
बलात्कार प्रयामा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराले आफु रोशनीको कोठामा नगएको बताउँदी आफुमाथि षडयन्त्र भएको दावी गरेका छन् । उनीमाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चििलरहेको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेका हुन् । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान चलिरहेको छ ।
इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा प्रवेश नगरेको जिकिर गरेका हुन् ।
महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको समेत बताएका छन् । उनी निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन् । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका छन् । उनले त्यस दिन मदिरा सेवन नगरेको दावी पनि गरेका छन् ।
संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको भन्दै उनका सरोकार पूरा गर्ने सम्बन्धित व्यक्ति आफू नरहेको बताए पनि ती महिलाले बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको महराको भनाइ छ । महराले ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको हुनसक्ने जिकिर समेत गरेका छन् ।