रोग नलागोस् भनेर पुजाअर्चना

रोग नलागोस् भनेर पुजाअर्चना

मनिशा श्रेष्ठ, ८ चैत (धनगढी)
सबैतिर कोरोना भाइरसको संक्रमणको त्रासदी फैलिरहेका बेला धनगढी पुरानो भन्सारका बासिन्दाले देशपरदेशमा रहेका परिवारलाई रोग नलागोस भनेर शनिबार कालिका मन्दिरमा पुजाअर्चना गरेका छन् ।
टोलबासी सबैले रकम उठाएर पुजाआजा गरिएको कालिका मन्दिरका पुजारी नवराज भट्टले बताए । पुजाका क्रममा उनीहरुले बोका बली पनि दिएका हुन् ।